महत्त्वपूर्ण:

कृपया याद गर्नुहोस्, अर्को सूचना जारी नभएसम्मका लागि नेपालस्थित अमेरिकी दूतावासका गैर-आप्रवासी भिसाको सबै वर्गका अप्वाइन्टमेन्ट सहित नियमित कन्सुलर सेवा बन्द छन् । यद्यपि हामी सीमित सङ्ख्यामा IR1, IR2, CR1, र CR2 केसलगायत केही निश्चित आप्रवासी भिसाको प्रक्रिया गर्न सक्षम भएका छौँ । भुक्तानी गरिएको कुनै पनि MRV शुल्क मान्य रहन्छ र भुक्तानी गरिएकै देशमा भुक्तानीको मितिदेखि एक वर्षभित्र अन्तर्वार्ताको अप्वाइन्टमेन्ट लिन प्रयोग गर्न सकिन्छ । यदि तपाईँको मामिला अत्यन्त जरुरी छ र तपाईँलाई तुरुन्तै यात्रा गर्नु आवश्यक छ भने आपत्कालीन अप्वाइन्टमेन्टको लागि अनुरोध गर्न कृपया https://www.ustraveldocs.com/np/np-niv-expeditedappointment.asp मा दिइएको मार्गदर्शनको पालना गर्नुहोस् ।

राष्ट्रपतीय घोषणा १००५२ भित्र पर्ने H1B, H2B, L1, र केही J वर्गका आवेदक र तिनका आश्रितहरूले यदि आफू उक्त घोषणाको यहाँ सूचीबद्ध  कुनै अपवादको लागी योग्य हुन सक्छु भनी सोच्ने कुनै कारण छ भने मात्र अप्वाइन्टमेन्टका लागि अनुरोध गर्नुहोला ।

 अमेरिकामा प्रवेश वा प्रवेशको प्रयासअघिका १४ दिनभित्र केही निश्चित देशमा भौतिक रूपमा उपस्थित विदेशी नागरिकहरूको प्रवेश निलम्बन गर्ने राष्ट्रपतीय घोषणाहरू (राष्ट्रपतीय घोषणा ९९८४, ९९९२, ९९९३, ९९९६, र १००४१) र कोरोनाभाइरसको प्रकोप पछि अमेरिकी श्रम बजारमा जोखिम प्रस्तुत गर्ने  केही आप्रवासी र गैरआप्रवासीको प्रवेश निलम्बन गर्ने राष्ट्रपतीय घोषणाहरू (राष्ट्रपतीय घोषणा १००१४ र १००५२) अझै लागू छन् ।  ती राष्ट्रपतीय घोषणाबारे विस्तृत विवरणका लागि यहाँ क्लिक गर्नुहोस् ।


सन २०२०, जनवरी ३१ का दिन नयाँ राष्ट्रपति घोषणा ("राष्ट्रपति घोषणा ९९८३") जारी गरियो जसमा पी . पी . ९६४५ को चलिरहेको प्रतिबन्धमा थप ६ वटा देशका नागरिकहरूमा प्रतिबन्ध विस्तार गर्यो । प्रतिबन्धहरू आप्रवासी भिसा र / वा डाइभर्सटी भिसामा लागू हुनेछ, गैर-आप्रवासी भिसा लागू हुनेछैन। अधिक जानकारी यस लिंकमा उपलब्ध छ ।


सूचना: कन्सुलर बिनिमयदर नियमित चलिआएको दरको आधारमा संशोधन गरिन्छ ।  भुक्तानी गर्नु अघि कृपया आफ्नो डिपोजीट पृष्टमा देखिएको भिसा शुल्क हालको भिसा शुल्क पृष्टको क्युलर बिनिमयदरसँग मेल खाए वा नखाएको हेर्नुहोस् ।

Mount Rushmore - South Dakota

नेपालका लागि अमेरिकी भिसा सूचना सेवामा स्वागत छ। यस साइटमा अमेरिकी आप्रवासी र गैर आप्रवासी भिसा बारे तथा भिसा आवेदन सम्बन्धि आवश्यक जानकारी उपलब्ध छ। तपाईँले आफ्नो भिसा शुल्क कसरी तिर्ने र अमेरिकी दूतावास काठमाडौं, नेपालमा भिसा अन्तर्वाताका लागि मिति तय गर्ने सम्बन्धि जानकारी पनि पाउनु हुनेछ।

यो नेपालमा अमेरिकी मिशन को आधिकारिक भिषा जानकारी वेबसाइट हो।

गैर-आप्रवासी भिसासम्बन्धी जानकारी


गैर आप्रवासी भिसा आवेदन


आप्रवासी भिसा जानकारी